सिटीकाे विजयी सुरुआत


काठमाडाैँ। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले विजयी सुरुआत लिएको छ।

मोलिनक्स स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा सिटीले घरेलु टाेली उल्भ्सलाई ४–० ले हराएकाे हाे।

पहुना टाेली सिटीलाई जित दिलाउन त्यसमा इर्लिङ हालान्डले दुई गोल गरे। टिजानी रेजिन्डर्स र रायन सेकारीले एक एक गोल थपे।

पहिलाे हाफकाे ३४औँ मिनेटमा हालान्डकाे गाेलमा सिटीले अग्रता बनाएकाे थियाे। त्यसकाे तीन मिनेटपछि टिजानीले गाेल गरेपछि पहिलाे हाफभरि सिटी २–० ले अघि रह्याे।

६१औँ मिनेटमा पुन: हालान्डले ब्यक्तिगत दाेस्राे तथा ८१औँ मिनेटमा रायनले गाेल गर्दै सिटीलाई ४–० काे एकतर्फि जित दिलाए। जितसँगै सिटी तीन अंक जाेड्दै नयाँ सिजन सुखद सुरुआत गरेकाे छ। गत सिजन रेजिगेसन जाेनबाट बचेकाे उल्भ्सले यस सिजन पनि खराब सुरुआत गरेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको