एन्फा महिला लिग छनाेट : आइतबार दुई खेल हुँदै


काठमाडाैँ। एन्फा महिला लिग छनाेट अन्तर्गत आइतबार (आज) दुई खेल हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा हुने दिनकाे पहिलाे खेलमा सिन्धुपाल्चाेक एफसी र स्टुडेन्स् फुटबल क्लबकाे सामना गर्दैछ। याे खेल १ बजेबाट सुरु हुनेछ।

यस्तै, दाेस्राे खेलमा एनबीएम पाेखरा गल्स एफसीले झापा एफसीसँग भिड्दै छ। याे खेल दिउँसाे ४:१५ बजेबाट सुरु हुनेछ।

गत बिहीवारबाट सुरु भएकाे यस प्रतियाेगितामा कुल १४ टाेलीकाे सहभागिता रहेकाे छ। साे टाेलीलाई दुई समूहमा विभाजन गरिएकाे छ। समूहकाे दुई टाेली र प्लेअपबाट एक टाेली गरि ५ टाेली एन्फा राष्ट्रिय महिला लिगमा छनाेट हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको