ढल्को टिम च्याम्पियन


काठमाडौं। ढल्को तेक्वान्दो डोजाङले प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ। ढल्को ७ स्वर्ण, ४ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो।

सीतापाइला तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र १ कांस्यसाथ लायन मार्सल आर्ट्स दोश्रो भयो। तेश्रो स्थानको गोर्खाली तेक्वान्दो डोजाङले ४ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो। शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

पुरुषमा सीतापाइलाका मोहम्मद सामी तथा महिलामा ढल्कोकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे।

विजेतालाई नागर्जुन नगरपालिककी उप मेयर सुशीला अधिकारी, आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा करिब ६ सय खेलाडीले २८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको