जेभियर र प्रिमियरको तेश्रो जित


काठमाडाैँ। जेभियर इन्टरनेसनल कलेज र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार लगातार तेश्रो जित हात पारेका छन् । अपराजित दुवैले समान ३–३ खेल खेलेका छन्।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको खेलमा जेभियरले गोल्डेनगेट इन्टरनेनसल कलेज ‘ए’ लाई ६५–४४ ले पराजित ग¥यो। जेभियरका साइरस थापा मगरले १५ अंक जोडे । २ खेलमा गोल्डेनगेट ‘ए’ को लगातार दोश्रो पराजय हो।

प्रिमियरले टाइम्स इन्टरनेसनल कलेजलाई ५२–४५ ले हरायो। प्रिमियरका अश्विन चालिसेले २२ स्कोर गरे। टाइम्सले पनि ३ खेल खेलेमा एकमा जित हात पारेको छ। अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसी, कन्जिरोवा र बर्नहार्टले जित निकाले।

सीसीआरसीले गोल्डेनगेट ‘बी’ लाई ५१–४१ ले पाखा लगाउदै लगातार दोश्रो जित हात पा¥यो। सीसीआरसीका आशलाल श्रेष्ठले १५ अंक बटुले। ३ खेल खेलीसकेको गोल्डेनगेट ‘बी’ सबैमा चुकेको छ।

कान्जिरोवाले मल्पीमाथि ४४–३४ को जित दर्ता ग¥यो। २ खेलमा पहिलो जित हात पारेको कान्जिरोवाका मनीषले २४ स्कोर गरे। २ खेलमा मल्पीको दुवैमा पराजित छ। बर्नहार्टले पुष्पसदनलाई ५५–४० ले पन्छायो।

टप स्पिन र एभीएमको समान १० अंक
टप स्पिन टेबलटेनिस गुड्स नेपाल र पहिलो सिजनको विजेता एभीएम टेबलटेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन– ३ को पहिलो दिन आइतबार पहिलो चरणको खेल समाप्तिमा दुवैले समान १०–१० अंक जोडेका छन्।

आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र द ड्रागन्स टेबलटेनिस क्लबको समान ९–९ अंक छ। भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ८ तथा कीर्तिपुर नगरपालिकाले ७ अंक जोडे। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी र ओल्ड हाउस रेस्ट्रोले समान ६–६ अंक तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ५–५ अंक बटुलेका छन्।

प्रतियोगिताको बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे। नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा १० टिम सहभागी छन्। विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५–७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शुक्रबारसम्म चल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको