एनआरटी विजयी


काठमाडाैँ। न्यूराेट टिम एनआरटीले जारी एन्फा राष्ट्रिय महिला लिग छनाेटमा सहज जित हासिल गरेकाे छ।

सातदाेबाटाेस्थित एन्फा मुख्यालय मैदानमा साेमबार सम्पन्न दिनकाे दाेस्राे खेलमा एनआरटीले नेपाल खेलकुद क्लब महिला टिमलाई ३–१ गाेलले पराजित हर्याे।

एनआरटीकाे जितमा सजिना स्याङबाे, प्रतिक्षा ठकुरी र संगिता कुरमारी मल्लले गाेल गरिन्। यी तीनै गाेल दाेस्राे हाफमा सम्भव भएकाे हाे।

जितसँगै समूह बी काे एनआटीले तीन अंक जाेड्न सफल भएकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको