काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टन लाई २–० गोलले पराजित गरेको छ।
यो जितसँगै आर्सनल ले ३१ खेलबाट ७० अंक पुर्याएको छ। यो अंक दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ९ अंकले बढी हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आर्सनलले उत्कृष्ट प्रदर्शन गर्यो। खेलको ८९औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। उनलाई पिएरो हिन्कापिएले पास दिएका थिए।
इन्जुरी समयमा अर्थात् ९७औँ मिनेटमा म्याक्स डाउमनले अर्को गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे। उनले गाब्रिएल मार्टिनेलीको पासमा गोल गरेका थिए।
खेलमा आर्सनलका बुकायो साका, एबेरेची एजे र गाब्रिएल मागाल्हाएस ले आक्रमणमा राम्रो प्रदर्शन गरेका थिए भने एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले केही उत्कृष्ट बचाउ गरे।


