काठमाडाैँ। एएफसी यु–२३ एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ।
ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा बुधबार राति सम्पन्न समूह ‘के’ को पहिलो खेलमा नेपाल घरेलु टाेली ताजकिस्तानसँग ४–० ले पराजित भएको हो।
ताजकिस्तानकाे जितमा अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरे। पहिलाे हाफमा १० ले पछि परेकाे नेपाल दाेस्राे हाफमा थप ३ गाेल खान पुग्याे।
नेपालकाे अर्काे खेल शनिबार सिरियासँग हुनेछ।
बुधबार नै भएकाे खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हराएकाे थियाे।


