काठमाडौँ। पोर्चुगलले विश्वकप छनाेटमा लागातार दाेस्राे जित हासिल गरे।
मंगलबार राति सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, बेर्नार्डो सिल्भा र जोआओ कान्सेलोले एक एक गोल गरे। त्यस्तै हंगेरीका लागि बारनाबास भार्गाले दुई गोल गरे।
जितसँगै पोर्चुगलले युरोपको विश्वकप छनाेटकाे समुह एफ मा दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट हंगेरीकाे एक अंकसहित समुहमा तेस्रो स्थानमा छ।


