काठमाडाैँ। नेपाल खेलकुद पत्रकार मञ्चकाे आयाेजनामा भदौ २८ र २९ गते पोखरा हुन लागेकाे एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८१ कार्यक्रम स्थगित गरिएको छ।
मञ्चका महासचिव अन्जन खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै जेन जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा स्पोर्ट्स अवार्ड आयोजना गर्नु सान्दर्भिक हुने भन्दै स्थगित गरिएकाे बताए।
विज्ञप्ति
नेपाल खेलकुद पत्रकार मञ्चले यही भदौ २८ र २९ गते पोखरामा आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ कार्यक्रम स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ।
जेन जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा स्पोर्ट्स अवार्ड आयोजना गर्नु सान्दर्भिक हुने देखिन्न। मञ्च परिवार अवार्डमा सहभागी हुने तयारी गरिरहेका खेलाडी, खेलकर्मी र अन्तर्राष्ट्रिय पाहुनाहरूमा पर्न असुविधाका लागि क्षमा चाहन्छ।
स्थिति सहज भएपछि स्पोर्टस अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी गराइन्छ।
अन्जन खड्का
महासचिव


