काठमाडौँ । नेपालले साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत आज उद्घाटन खेलमा आयोजक श्रीलंकाको सामना गर्दैछ।
कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेदेखि शुरु हुने छ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन्। नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ।
त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्। नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ। समुह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्।


