काठमाडाैँ। थाइल्यान्डमा सम्पन्न एएफसी यु-१७ महिला एसियन कप छनाेटमा सहभागि भएकाे नेपाली राष्ट्रिय यु-१७ महिला फुटबल टिम स्वदेश फर्किएकाे छ।
शनिबार राति थाइ एयरलाइन्सबाट टाेली काठमाडाैँ आइपुगेकाे हाे।
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह, केन्दिय सदस्य सरिला श्रेष्ठ, राखेप सदस्य पेमा डोल्मा लामालगायतका अन्यले स्वागत गरेकाे थिए।
छनाेट समूह ‘एफ’काे दुई खेलमा नेपालले एक हार र एक बराबरीकाे नतिजा निकाल्दै छनाेट हुन असफल रह्याे। नेपाल पहिलाे खेलमा तुर्किमेनिस्तानसँग गाेलरहित बराबरीमा राेकिँदा घरेलु टाेली थाइल्यान्डसँग १२–० ले पराजित भएकाे थियाे।
याे समुहबाट दुईमा दुवै जित हासिल गरेकाे थाइल्यान्ड ६ अंकसहित शीर्ष स्थानमा रहँदै चीन आयाेजना हुने एसियन कपमा छनाेट हुन भयाे। थाइल्यान्डले पहिलाे खेलमा तुर्किमेनिस्तनालाई १७–० ले पराजित गरेकाे थियाे।


