काठमाडौं। मोरक्कोले पहिलो पटक यु–२० विश्वकप उपाधि जितेकाे छ। सोमबार बिहान सम्पन्न फाइनलमा मोरक्कोले अर्जेन्टिनालाई २–० ले पराजित गरेको हो।
मोरक्कोलाई जित दिलाउन स्ट्राइकर यासिर जाब्रिनीले दुई गोल गरे। जाब्रिनीले खेलको १२औं र २९औं मिनेटमा गोल गर्दै जिताए। योसँगै सन् २००९ मा घानापछि यु–२० विश्वकप जित्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्को बनेको छ।
मोरक्कोले समूह चरणमा स्पेन, ब्राजिल र मेक्सिकोलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि उसले नकआउट चरणमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो।
अर्जेन्टिनाका लागि यो प्रतियोगिताको पहिलो हार हो। सातौं पटक उपाधि जित्ने लक्ष्यका साथ आएको अर्जेन्टिना फाइनलसम्म पुगेको थियो।


