काठमाडाैँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बुधबार दाेस्राे मैत्रीपूर्ण खेलमा भारतको सामना गर्दैछ।
सिक्किमको पाल्जोर रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। यो खेलले फिफा अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन।
नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन्। यसअघि सोमबार सिलोङमा सम्पन्न त्रीदेशीय मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारीको दुई गोलमा नेपाल २-१ ले विजयी भएको थियो। बुधबारको खेलमा भने सावित्रा उपलब्ध हुने छैनन्।
उनी व्यावसायीक फुटबलका लागि अस्ट्रेलिया फर्किइसकेकी छन्। यसैगरी मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिाल तुम्बापो सुब्बाले पनि आजको खेल गुमाउने भएका छन्।