भारतविरुद्ध पेनाल्टीमा नेपाल विजयी

काठमाडौं। नेपाल मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा नेपालले भारतलाई पराजित गरेकाे छ। निर्धारित ९० मिनेटकाे खेल १–१ काे बराबरीमा सकियाे थियाे। तर नेपालले पेनाल्टीमा भारतलाई ३–० ले पराजित गर्न सफल भयाे।

नेपालका लागि सबिता राना मगर, निशा थाेकरले गाेल गरिन् भने कप्तान अनिता बस्नेतकाे पेनाल्टी साइट बारमा लागेर बाहिरिएकाे थियाे। भारतका तीन खेलाडीकाे पेनाल्टी अन्जना राना मगरले बचाउँदा एक पेनाल्टी बाहिरिएकाे थियाे।

त्यसअघि भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा भारतकी सौम्या गुगुलोथले गोल गरिन्। नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काइन्।

खेलको ३०औं मिनेटमा भारतले सुरुआती अग्रता लियो। ब्याक पास आएको बललाई डिफेन्डर निशा थोकरले क्लियर गर्ने प्रयास गरेकी थिइन्। तर, सौम्यालाई नै बल लाग्न पुग्यो। उनले निशाालाई नै बिट गर्दै गोल गरिन्।

तर, पहिलो हाफको इन्जुरी समयमा नेपाल खेलमा फर्कियो। कप्तान अनिताले प्रहार गरेको कर्नर बल ड्रप हुँदै गोलमा परिणत भयो।

नेपालले यसअघि पहिलाे मैत्रिपूर्ण खेलमा भारतलाई २–१ ले पारजित गरेकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको