लालिगुँरासकाे सहज जित


काठमाडाैँ। एन्फा प्रेसिडेन्ड लिग २०२५ अन्तर्गत लालिगुँरास एसाेसियसन क्लबले शानदार जित हासिल गरेकाे छ।

बागमती प्रदेशकाे राजधानी हेटाैँडामा आइतबार सम्पन्न दिनकाे पहिलाे खेलमा लालिगुँरासले जन जागृित युवा क्लबलाई ४–० ले पराजित गरेकाे हाे।

लालिगुँरासकाे जितमा आशिष गुरुङले ह्याट्रिक पूरा गरे। उनले खेलकाे ३३औँ, ९०औँ, र इन्जुरी समयकाे तेस्राे मिनेटमा गाेल गर्दै ह्याट्रिक पूरा गरे। जारी प्रतियाेगितामा याे पहिलाे ह्याट्रिक हाे। यस्तै, यमबहादुर श्रेष्ठले एक गाेल थपे।

जितसँगै लालिगुँरासले तीन अंक जाेडेकाे छ। दुई खेलबाट उसले चार अंक जाेडेकाे छ। यता, जन जागृित जितविहिन छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको