काभा महिला यु–१९ भलिबल : नेपाल कीर्गिस्तानसँग पराजित


काठमाडाैँ। श्रीलंकाकाे काेलम्बाेमा जारी काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नाे पहिलाे खेलमा पराजय ब्यहाेरेकाे छ।

नेपाल मंगलबार सम्पन्न खेलमा कीर्गिस्तानसँग २-३ काे सेटमा पराजित भएकाे हाे।

पहिलाे सेटमा नेपाल २५–२२ ले विजयी भयाे थियाे। दाेस्राे सेटमा नेपाल १४–२५ ले पराजित भयाे। यस्तै, तेस्राे सेटमा नेपालले शानदार पुनरागमन गर्दै २५–१८ ले आफ्नाे पक्षमा पार्दै सेटमा २–१ काे अग्रता बनायाे। तर, निकै प्रतिस्पर्धात्मक बनेकाे चाैथाे सेटमा नेपाल २२–२५ ले पराजित भएपछि खेल पाँचाैँ सेटमा पुगेकाे हाे।

पाँचाैँ तथा निर्णायक सेटमा नेपाल ९–१५ ले पराजित भयाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको