विजय स्पाेर्ट्सकाे सहज जित


काठमाडाैँ। निराजन चाैधरीकाे ह्याट्रिककाे मद्दमा विजय स्पाेर्ट्स क्बलले एन्फा प्रेसिडेन्ट लिगमा सहज जित हासिल गरेकाे छ।

बागमती प्रदेशकाे राजधानी हेटाैँडामा आइतबार सम्पन्न दिनकाे दाेस्राे खेलमा विजयले देउराली युवा क्लबलाई ४–१ ले पराजित गरेकाे हाे।

विजयकाे जितमा निराजनले ह्याट्रिक पूरा गरे। उनले १२औँ, १४औँ र ८६औँ मिनेटमा गाेल गरे। याे जारी प्रतियाेगिताकाे दाेस्राे ह्याट्रिक हाे।

यसअघि आइतबारकै पहिलाे खेलमा आशिष गुरुङले ह्याट्रिक गरेका थिए। यस्तै, अर्काे गाेल एराेन थापाले ४७औँ मिनेटमा गाेल गरे। यता, देउरालीकाे लागि २५औँ मिनेटमा उज्वल राईले गरेकाे गाेल सान्त्वना बन्याे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको