काठमाडौं। स्किब्स र दुर्गा भवानी एकेडेमीले १७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेका छन्।
हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) कोर्टमा स्किब्सले काठमाडौं युरोलाई ३८–२१ ले पराजित ग¥यो। स्किब्सको जितमा सोहन ठाकुरले ८ अंक योगदान गरे। कृशल अधिकारीको २३ अंक सहयोगमा दुर्गा भवानीले हिमरश्मिलाई ४०–३४ ले हरायो।
ब्वाइजमै निम्सले बीएमसीएलाई ४८–२५, युरोले ज्ञान निकेतनलाई ३८–३४ र अपीले भीएस निकेतनलाई २१–१७ ले पाखा लगाए। निम्सका पीताम्बर मगरले १५ तथा अपीका अविरलले ११ स्कोर गरे।
गल्र्समा युरोले अपीलाई २३–१०, निम्सले हिमरश्मिलाई १५–४ र चेल्सीले एसएमडीलाई १६–७ ले पन्छाए। युरोकी मोना ज्ञवालीले १२, निम्सकी सुस्मिता दनुवारले ४ र चेल्सीकी आकृशा पाण्डेले ६ अंक जोडे।


