काठमाडौँ। स्पोर्ट्स एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ।
प्रतियोगिता माघ १४ देखि २१ गतेसम्म काठमाडौको मुलपानी मैदानमा हुनेछ। प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहनेछ। यस प्रतियोगिता टी–१० फर्म्याटमा खेलिनेछ।
टीम दर्ता शुल्क एक लाख ताेकिएको छ। पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता प्रदान गरिने छ। प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीका रूपमा राख्न पाइनेछ। प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउनेछन्।
प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिनेछ।


