कठमाडाैँ। न्यु जेनिथ र निसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।
न्यु जेनिथले एभीएमलाई १७–१६ को साँघुरोअन्तरले पराजित ग¥यो। निसर्गले ल्याबोरेटीलाई ४१–३८ ले हरायो। निसर्गका सन्चितले २१ अंक जोडे।
सिनियर ब्वाइजमै मंगलले ग्रिन भिलेजलाई ४७–९, मेगसले रेडियन्ट रिडर्सलाई ३५–२५, आयोजक पुष्पसदनले भ्याली भ्युलाई ५४–४२, बाघभैरवले युनाइटेड युनिभर्सललाई १७–११ र लिटिल एन्जल्स (एलए) ले क्रिएटिभलाई २४–१३ ले पाखा लगाए। मंगलका अनुक महर्जनले २३, मेगसका साकार विकले १५, पुष्पसदनका सम्राट लामाले २६, बाघभैरवका सक्षम राईले १० र एलएका अखिलेश यादवले ६ स्कोर गरे।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले मंगललाई २७–५ तथा निसर्गले पुष्पसदनलाई ४–२ ले पन्छाए। ग्रिनफिल्डका अजय मगरले ८ तथा निसर्गका अर्पित न्यौपाने र अभिक श्रेष्ठले समान २–२ अंक जोडे।


