काठमाडौँ। नेपाल र बंगलादेशबीचको फिफा अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा बराबरीमा सकिएको छ।
बिहीबार बंगलादेशको ढाका राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–२ को बराबरी खेलेको हो।
हारतर्फ उन्मुख रहेको नेपालका लागि इन्जुरी समयको तेस्रो मिनेटमा अनन्तको तामाङले गोल गर्दै नेपालको सम्भावित हार टारे।
बंगलादेशकाे लागि हम्जा चाैधरीले दुवै गाेल गरे। उनले खेलकाे ४६ र ५०औँ मिनेटमा गाेल गर्दै बंगलादेशलाई २–१ काे अग्रता दिलाएका थिए। त्यसअघि खेलकाे २९औँ मिनेटमा नेपालले राहितकाे गाेलमा अग्रता बनाएकाे थियाे।