काठमान्डु गोर्खाजको विजयी सुरुआत


काठमाडौं। आकाश त्रिपाठी र बेन चार्ल्सवर्थको विशाल साझेदारीसँगै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ।

सोमबार सम्पन्न उद्घाटन खेलमा साबिक विजेता जनकपुर रोयल्सलाई ६ विकेटले पराजित गरेको हो।

काठमान्डुका बेनले सर्वाधिक ४६ रन बनाए। २३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। मिलिन्दा कुमार १९ र भीम सार्की ३ रनमा आउट भए।

किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो।

ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।

उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो। तर,मयन यादवले बलमा रनको इनिङ्स खेल्दै जनकपुरलाई उकासे।

काठमान्डुका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। शहाब आलम र सन्तोष यादवले समान एक विकेट थपे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको