एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त


काठमाडौँ। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार दुई महत्वपूर्ण खेल हुनेछन्।

पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। गत सिजनको च्याम्पियन जनकपुरकाे यो दोस्रो खेल हो। पहिलो खेलमा काठमान्डू गोर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर आज भने जितसँगै पुनः लयमा फर्किन चाहन्छ।

यता उत्कृष्ट फर्ममा रहेको विराटनगर किङ्स लगातारको प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।

आजकै दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। खेल दिउँसो ४ बजे सुरु हुने छ।

मङ्सिर १ गतेबाट सुरु एनपिएलमा हालसम्म सम्पन्न आठ खेलपछि विराटनगर किङ्स २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको