टी–२० विश्वकप : नेपाल समूह ‘सी’ मा, पहिलो खेल इंग्ल्यान्डसँग


काठमाडौँ । आगामी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘सी’ मा परेको छ।

नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछन्। सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने यो टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगितामा २० देश सहभागी हुनेछन्।

नेपालको खेल तालिका
फेब्रुअरी ८ : इंग्ल्यान्ड
फेब्रुअरी १२ : इटाली
फेब्रुअरी १५ : वेस्ट इन्डिज
फेब्रुअरी १७ : बंगलादेश

विश्वकपका समूहहरू
समूह ‘ए’ : भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स, नामिबिया
समूह ‘बी’ : श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे, ओमान
समूह ‘सी’ : इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल, इटाली
समूह ‘डी’ : न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, युएई


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको