केइएस, काठमाडौं जेभियर्स र हेम्स च्याम्पियन


काठमाडाैँ। केइएस, काठमाडौं जेभियर्स र हेम्स १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार च्यमम्पिय बनेका छन्। केइएस जुनियर ब्वाइज, काठमाडौं जेयिभर्स सिनियर गल्र्स र हेम्स सिनियर ब्वाइजमा च्याम्पियन बनेका हुन्।

जुनियर ब्वाइजको फाइनलमा केइएसले सनसाइनलाई २१–१० ले पराजित ग¥यो। विजेताका आयुश तिमल्सिनाले ११ अंक जोडे। सिनियर गल्र्सको उपाधि भिडन्तमा काठमाडौं जेभियर्सले केइएसलाई २६–२५ को साँघुरो अन्तरले हरायो। विजयी टिमका लागि सुहानी बानियाँले १९ स्कोर गरिन्। सिनियर ब्वाइजको

फाइनलमा हेम्सले मार्वलसलाई ४४–३१ ले पाखा लगायो। विजेताका आयुश रावल र आशुतोष यादवले समान १४–१४ स्कोर गरे। जुनियर ब्वाइजमा केइएसका विपुल भुजेल, सिनियर ब्वाइजमा हेम्सका आशुतोष यादव र सिनियर गल्र्समा काठमाडौं जेभियर्सकी सुहानी बानियाँ ‘मोस्टल भेलुएबल प्लेयर’ घोषित भए। जुुनियर ब्वाइजमा सनसाइनका जेनिश जोलाङ्गेल, सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वाह र सियिनर गल्र्समा केइएसकी तमन्ना थापा सर्वाधिक स्कोरकर्ता बने।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, आयोजक मध्य क्षेत्रीय प्याब्सनका अध्यक्ष धनप्रसाद सुब्बालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको