सकुनलाई रजत


काठमाडौं। सकुन सुनुवारले कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जितेकी छन्। डिसेम्बर ६ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सकुनले रजत जितेको पामका जुडो मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन्।

युएइमा भएको उक्त प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेलेकी थिइन्। सकुन त्यस एकेडेमीमा प्रमुख प्रशिक्षकको रुपमा काम गर्दै आएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिए।

सुरुआती जुडो न्यु होराइजनबाट सुरु गरेकी सकुनले पछि बन्दी सहायता नियोग (पाम) मा आबद्ध भइ खेलाडीलाई प्रशिक्षण दिनुका साथै पढाउदै आएकी पनि थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको