१७औँ साताको खेलमा हारबाट जोगियो चेल्सी


काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत १७औँ साताको खेलमा लण्डन क्लब चेल्सी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ।

गएराति सम्पन्न खेलमा चेल्सी २–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै न्यूक्यासलसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

न्यूक्यासलका लागि निक वोल्टेमेडले दुवै गोल गरे। खेलमा दबाबमा परेको चेल्सीका लागि रीस जेम्सले पहिलो गोल गर्दै आशा जगाए भने त्यसपछि जोआओ पेड्रोले बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए।

बराबरीसँगै चेल्सीले १७ खेलबाट २९ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा आफ्नो स्थान कायम राखेको छ। त्यस्तै न्यूक्यासल युनाइटेडको १७ खेलबाट २३ अंक पुगेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको