पुस ११ देखि २२औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस हुने


काठमाडाैँ। पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा भारत, भुटानसहित एक सय बढी खेलाडी सहभागी हुनेछन्।

ओपन मेन्स तथा वुमेन्स सिंगल्स, डबल्स, ३५,४५+,५५+,६५ वर्ष माथि गरी १२ इभेन्टमा प्रतिष्पर्धा हुने टुर्नामेन्ट डाइरेक्टर नविन चालिसेले जानकारी दिए।
मेन्स, वुमेन्स दुवैको सिंगलतर्फ विजेता हुनेले ८० हजार, उपविजेताले ४० हजार र सेमिफाइनललिष्टले २० हजार पुरस्कार पाउनेछन्। डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ र सेमिफाइनललिष्टले १० हजार पाउने आयोजकले जनाएको छ।

३५ वर्ष माथि इभेन्टमा सिंगल्सको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार र सेमिफाइनललिष्टलाई १५ हजार प्रदान गरिनेछ। सोही इभेन्ट डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्टले १० हजार पाउनेछन्। ४५ वर्षमाथिको इभेन्टको सिंगल्सतर्फ विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनललिष्टले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। सोही इभेन्टको डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्ट १० हजार पाउनेछन्।

५५ वर्षमाथिको इभेन्टमा सिंगल्सतर्फ विजेता, उपविजेता र सेमिफाइनललिष्टलाई क्रमशः ३०, १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सोही इभेन्टको डबल्समा विजेताले २० हजार, उपविजेता र सेमिफाइनललिष्टले समान १० हजार पानेछन्। ६५ वर्षमाथिको सिंगल्सतर्फ विजेतालाई १५ हजार, उपविजेतालाई ७ हजार ५ सय र सेमिफाइनललिष्टलाई २५ सय दिइने आयोजकले जनाएको छ। डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिता पुस १५ गतेसम्म चल्ने टुर्नामेन्ट डाइरेक्टर चालिसेले जानकारी दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको