अल नसरको फराकिलो जित


काठमाडौं। एएफसी च्याम्पियन्स लिगमा अल नसरले समूह चरणको अन्तिम खेलमा फराकिलो जित दर्ता गरेको छ।

बुधबार राति सम्पन्न खेलमा नासरले अल–जौरामाथि ५–१ को जवाफिलो जित दर्ता गरेको हो।

नासरको जितमा किंग्स कोम्यानले दुई, वेस्ली रिबेरो, अब्दुलेह अल–अम्री र जोआओ फेलिक्सले गोल गरे।

खेलको सुरुदेखि नै आक्रामक देखिएको नसरले पहिलो हाफमै चार गोल गर्दै खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो।

१२औँ मिनेटमा कोम्यानले गोलको खाता खोलेका थिए। १९औँ मिनेटमा रिबेरो र २९औँ मिनेटमा अल–अम्रीले गोल थपे। पहिलो हाफको इन्जुरी समयअघि ४४औँ मिनेटमा फेलिक्सले गोल गर्दै अल नसरलाई ४–० को अग्रता दिलाए।

दोस्रो हाफको ५०औँ मिनेटमा अल–जौराका इब्राहिमले एक गोल फर्काए पनि ५६औँ मिनेटमा पुनः किङ्ग्सले कोम्यानले गोल गर्दै अल नसरको अग्रता ५–१ पुर्‍याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा नासरले जित दर्ता गर्यो।

जितसँगै नासरले समूह ‘डी’ का सबै ६ खेलमा ६ जित दर्ता गर्दै १८ अंक जोडेर अन्तिम १६ मा प्रवेश गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको