काठमाडाैं। न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगमा शुक्रबार अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ४ टिम सहभागी राउन्ड रोविन लिगमा न्यु डायमण्डले साविक विजेता नेपाल पुलिसलाई २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले पराजित ग¥यो।
लगातार तेस्राे जितसँगै न्यु डायमण्ड लिगको शीर्ष स्थानमा रह्यो। न्यु डायमन्ड र प्रहरीले यो खेलअघि नै उपाधि भिडन्त पक्का गरिसकेका थिए। ३ खेलमा पहिलो हार व्यहोरेको प्रहरी लिगमा दोस्राे भयो। न्यु डायमण्डकी प्रतिभा माली ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।
अर्को खेल नेपाल आर्मीले एपीएफलाई २७–२५, २१–२५, २५–२१ र २५–२२ ले हराउदै लिगमा सान्त्वना जित हात पा¥यो। यी दुई टिम तेश्रो स्थानका लागि खेल्ने छन्। आर्मीकी भावना डाँगी ‘प्लेयर अफ दि म्याच’ बनिन्।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्राे हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ। यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ। विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।


