काठमाडौं। टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ ९ गतेदेखि पोखरामा सञ्चालन हुने टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुष गरी कुल १२ टोलीको सहभागिता रहने भएको छ।
आयोजकले बुधबार प्रतियोगितामा सहभागी टोलीहरूको नाम सार्वजनिक गरेको हो। महिलातर्फ तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँगै न्यू डायमण्ड स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब र ललितपुर क्विन्स सहभागी हुनेछन्। महिला टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
यस्तै, पुरुषतर्फ पनि तीन विभागीय टोलीसँगै गण्डकी भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको एक क्लब सहभागी हुने आयोजकले जनाएको छ।
यस संस्करणको टाइगर कपमा यसअघि नियमित रूपमा सहभागी हुँदै आएको हेल्प नेपाल क्लब भने यसपटक प्रतियोगितामा सहभागी नहुने बताइएको छ।
प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ।
सहभागि टिमहरु



