चेल्सी र रिब्स उपाधिनजिक


काठमाडौं,। चेल्सी वल्र्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

चेल्सीले आयोजक केएमसीलाई २९–११ ले पराजित ग¥यो । चेल्सीकी तेन्जिङ कुसाङले १० अंक जोडिन्। रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो। रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन्।

सिनियर ब्वाइजमा गोल्डेनपिक र बाल दीक्षा सदनले उपाधि भिडन्त पक्का गरे। गोल्डेनपिकले मार्वलसलाई ६८–५८ ले पाखा लगायो। गोल्डेनपिकका विजयी तामाङले १८ अंक जोडे। बाल दीक्षाले काठमाडौं जेभियर्स पब्लिकलाई ५३–२७ ले सहजै पाखा लगायो। बाल दीक्षाका सयल महर्जनले २८ अंक बटुले।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी ९इबीए० फाइनलमा पुगे। ग्रिनफिल्डले ग्रिन लन्समाथि २२–१२ को जित दर्ता ग¥यो। ग्रिनफिल्डका अजय मगरले १२ अंक बटुले। गोल्डेनपिक विरुद्धको प्रतिस्पर्धामा इबीए २७–२२ ले विजयी भयो। इबीएका दिगविजय पुरीले ११ अंक जोडे । फाइनल शनिबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको