फुटसल टोली अस्ट्रेलिया प्रस्थान


काठमाडाैं। गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार अस्ट्रेलियाको गोल्ड कोस्ट प्रस्थान गरेको छ।

जनवरी १९ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलको टोलीले प्रतिस्पर्धा गर्ने छ। समृद्धिले यु–१५ तथा एन्जल्स हार्टले यु–१६ उमेरसमूहमा सहभागिता जनाउने छन्।

समृद्धिका खेलाडीमा आरभ प्रजापति, सम्यकसिद्धि तुलाधर, परिवेश आचार्य, रमन आचार्य, प्रदेश तामाङ, मिङमार आकाश गुरुङ र समन महर्जन रहेका छन्। एन्जल्स हार्टका खेलाडीमा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्री छन्। एन्जल्स हार्ट तेश्रोपटक सहभागी हुन लागेको हो भने समृद्धिको पहिलो सहभागिता हो।

अफिसियलमा दिलबहादुर बुढाथोकी, विकास शाही र सुमन तिमल्सिना तथा व्यवस्थापकमा दिनेश महर्जन रहेका छन् । अफिसियल विकास भने अस्ट्रेलिया पुगिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको