एनआरटीको पहिलो जितमा विज्ञानको दुई गोल


काठमाडौं। न्युरोड टिम (एनआरटी)ले दोस्रो खेलमा सादोबाटो युथ क्लबलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

दशरथ रंगशालामा भएको खेलमा विज्ञान खड्काले दुई तथा तिमोथी चिमेरी ओकेरेकेले एक गोल गरे।

सादोबाटोका लागि फोडे फोफानाले एक गोल फर्काए। जितसँगै एनआरटीले ३ अंक जोड्दा सादोबाटो २ खेलबाट १ अंकमै सीमित रह्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको