काठमाडौं। चित्लाङ फुटबल क्लबले राष्ट्रिय लिगमा आत्मघाती गोलको मार खेप्दै विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ। सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेल १–१ को बराबरीमा टुंगियो।
यो नतिजासँगै चित्लाङले दुई खेलबाट चार अंक जोड्दा नेपाल पुलिस क्लबले समान खेलबाट पहिलो अंक हात पारेको छ।
खेलको ४०औँ मिनेटमा म्याथ्यु बाबाटुन्डे ओलान्रेवाजुले गोल गर्दै चित्लाङलाई अग्रता दिलाए। तर, खेलको ८६औँ मिनेटमा चित्लाङका खेलाडीबाट भएको आत्मघाती गोलका कारण पुलिस बराबरीमा फर्कियो। त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।


