चित्लाङ र नव जन जागृतीलाई स्पार्क हेल्थ होमको साथ


काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी दुई क्लब, चित्लाङ एफसी र नव जनजागृती क्लबले स्पार्क हेल्थ होमसँग सहकार्य गरेका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारी, चित्लाङ एफसीका अध्यक्ष सुगन तन्दुकार र नव जनजागृती क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार, स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर दुवै क्लबका कुनै पनि खेलाडी घाइते भएमा उनीहरूको निःशुल्क उपचार गर्नेछ । साथै, प्रतियोगिताका खेलहरू दौरान क्लबका लागि फिजियोथेरापिस्ट पनि उपलब्ध गराउनेछ । यो सम्झौता राष्ट्रिय लिग अवधिभर कायम रहनेछ ।

स्पार्क हेल्थ होमका निर्देशक अधिकारीले आवश्यक परेमा आगामी प्रतियोगिताहरूमा पनि यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको बताए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको