काठमाडाैं। दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गर ।
चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। रुपेश जैश्वाल, आशिष फुयाल र कृतिशरा अधिकारी सहभागी हुने छन्। व्यवस्थापकमा ताराबहादुर रानाभाट छन्।
अप्रिल ६ देखि ११ तारिखसम्म काजाकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वल्र्ड स्कुल टिम प्रतियोगितामा ५ खेलाडी सहभागी हुने छन्। खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन्।
व्यवस्थापकमा निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन्। दुवै टोली आइतबार आ–आफ्नो गन्तब्य प्रस्थान गर्ने छन्।


