किरण र शेखु फाइनलमा


काठमाडाैं। नेपाल आर्मीका किरण पुन र एपीएफका मोहम्मद शेखु आलम राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष ८४ केजीमुनि तौलसमूहमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको सेमिफाइलनमा किरणले सुदूरपश्चिम प्रदेशका कमल ओली र शेखुले बागमती प्रदेशका पासाङ ग्याल्जेन ठोकरलाई पराजित गरे।

पुरुष ५५ केजीमुनि सुदूरपश्चिमका सुरेन्द्र लुहार र प्रहरीका एलोन श्रेष्ठ, ५० केजीमुनि एपीएफका राकेश मानन्धर र बागमतीका सुजन खड्गी तथा ६७ केजीमुनि प्रहरीका सन्तोष श्रेष्ठ र एपीएफका प्रदीप बइजाली मगर फाइनलमा पुगे।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको महिला ४५ केजीमुनि एपीएफकी वर्षा बुढा मगर र नेपाल आर्मीकी ममता महर्जन, ५० केजीमुनि एपीएफकी अन्जली महर्जन र प्रहरीकी पुष्पका लामा, ६८ केजीमाथि एपीएफकी दिया थापा र बागमती प्रदेशकी महिमा राई तथा ६१ केजीमुनि कर्णाली प्रदेशकी कृतिका कटुवाल र प्रहरीकी निरुपा दोङ तामाङले फाइनलमा स्थान पक्का गरे। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको