जिम्बाब्वेले नेपाललाई दियो १३० रनको विजयी लक्ष्य


काठमाडौं। आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाब्वेबाट जितको लागि १३० रनको लक्ष्य पाएको छ।

त्रिवि क्रिकेट रंगशालामा टस हारे पहिलो ब्याटिङ थालेको जिम्बाब्वेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाए पछि नेपालले रनको लक्ष्य पाएको हो।

जिम्बाब्वेका लागि केलिस एनध्लोभुले सर्वाधिक ५२ रन बनाइन्।

यता बलिङतर्फ नेपालकी रिया शर्मा दुई, कविता कुँवर, पूजा महतो, सीता राना र रुबिना क्षेत्रीले समान एक विकेट लिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको