काठमाडौं। नेपाली महिला भलिबलकी आउट साइट हिटर प्रतिभा माली अष्ट्रेलिया फर्किएकी छिन्।
उच्च शिक्षाका लागि अष्ट्रेलियामा रहेकी माली केही समयअघि नेपाल फर्किएकी थिइन्। नेपाल आएपछि उनले लगातार विभिन्न प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।
न्यू डायमन्ड स्पोर्ट्स एकेडेमीकी उत्पादन मालीको सहभागितामा न्यू डायमन्डले नवाैं एनभीए महिला भलिबल लिग, शेरबहादुर खड्का स्मृति कप तथा टाइगर कप भलिबलको उपाधि जित्न सफल भएको थियो।
अष्ट्रेलिया फर्किएपछि पनि न्यू डायमन्डले आगामी दिनमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले टिम तथा प्रतियोगिताको आवश्यकताअनुसार आफू पुनः नेपाल आउने बताइन्।


