काठमाडौं। चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जीला तुम्बापो सुब्बालाई बिहीबार सम्मान गरेको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्वलाई सम्मान तथा बृहत सांस्कुतिक कार्यक्रममा खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै एन्जीलालाई मनास्लु खेलाडी सम्मान– २०८२ बाट सम्मान गरिएको हो।
सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो। विश्व लिम्बूलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनन्तप्रसाद भेटवाललाई मनास्लु समाजसेवी सम्मान र अभिषेक घिमिरेलाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित भए।
उनीहरुलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मनास्लुका कार्यकारी अध्यक्ष गेन्द्र लामा र मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले सम्मान गरे।


