मनाङ आहा राराको सेमिफाइनल


काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब २५औँ संस्करणको आहा१ रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा मनाङले भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोलले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको १०६औँ मिनेटमा मनाङका आशिष श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। उक्त गोल नै खेलको निर्णायक गोल सावित भयो।

यस जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ। अब मनाङले आयोजक सहारा क्लब पोखरासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको