काठमाडौं। एन्फा राष्ट्रिय लिगमा विभागीय टोली एपीएफ क्लब शीर्ष स्थानमा फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न दिनको अन्तिम खेलमा एपीएफले मनाङ मर्स्याङ्दी क्लबमाथि २–० को जित हासिल गरेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
एपिएफलाई जित दिलाउन प्रदीप लामा र युवराज खड्काले गोल गरे। जितसँगै एपिएफ ७ खेलमा १९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एपिएफले दोस्रो स्थानको लालिगुँरास एसोसिएसन क्लबसँग दुई अंकको स्पष्ट अग्रता लिएको छ। एक खेल बढी खेलेको मनाङ ८ अंकका साथ नवौं स्थानमा छ।
यस्तै, त्यसअघिको अर्को खेलमा सातदोबाटो युथ क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। खेलमा दुवै टोली गोलको लागि प्रयास गरेता पनि सफल भने हुन सकेनन्।
POST MATCH


