तेजस्वी र केभीकेएसएस फाइनलमा


काठमाडाैं। आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु कोर्टमा तेजस्वीले मानसिंहलाई २४–२२ को झीनोअन्तरले पराजित ग¥यो। तेजस्वीकी एस्थर बरुवालले ८ अंक जोडिन्। अर्को सेमिफाइनलमा केभीकेएसएसले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २२–१४ ले हरायो। केभीकेएसएसकी मुस्कान मितोकले १२ स्कोर गरिन्।

ब्वाइजमा ह्वाइट हेभेन र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने भएका छन्। ह्वाइट हेभेनले हिमालयलाई ५१–३९ ले पाखा लगायो। ह्वाइट हेभेनका राहुल सुनारले १५ अंक बटुले। संस्कृति शिक्षा सदन विरुद्धको खेलमा एन्जल्स हार्ट ४५–३६ ले विजयी भयो। एन्जल्स हार्टका लागि रुपेश पौडेलले २१ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको