राष्ट्रिय लिग : मनाङ र चित्लाङ तथा जनजागृति र मछिन्द्र प्रतिस्पर्धामा


काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आज एन्फा कम्प्लेक्समा दुई खेल हुँदैछन्।

आजको पहिलो खेलमा चित्लाङ एफसी र मनाङ मर्स्याङ्दी क्लब दिउँसो १२:१५ बजे आमनेसामने हुनेछन्। अंक तालिकामा सुधार गर्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रिने तयारीमा छन्।

यस्तै, दोस्रो खेलमा नवा जनजागृति युवा क्लब र मछिन्द्र एफसीबीच साँझ ४ बजे प्रतिस्पर्धा हुनेछ। उपाधि होडमा बलियो देखिएको मछिन्द्रका लागि यो खेल महत्वपूर्ण मानिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको