काठमाडौं। हावाहुरीले हिटिङ पौडी पोखरीको छानामा पु¥याएको क्षतिको बुधबार निरीक्षण गरिएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीको निरीक्षण गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यत्रय कमलबहादुर भट्टराई, भानबहादुर चन्द र सुवर्ण श्रेष्ठसहितको टोलीले स्थलगत निरीक्षण गर्दै प्रमुख लीलाराम बस्नेतसंग सोमबारको हावाहुरीले पु¥याएको क्षति बारे जानकारी लिनु भएको थियो।
सो अवसरमा सदस्य–सचिव रामचरित्र मेहताले यथाशीघ्र मर्मतका लागि निर्देशन दिनु भएको थियो। निरीक्षणका दौरान प्रशासन विभागका प्रमुख भोजानन्द राईलगायतको उपस्थिति रहेको थियो।


