बुन्डेसलिगा: बायर्न म्युनिखको शानदार जित, शीर्ष स्थानमा स्पष्ट ९ अंकको अग्रता


काठमाडौं। बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा अन्तर्गत युनियन बर्लिनलाई ४–० ले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा बायर्न म्युनिखले सुरुदेखि नै दबाब बनाएको थियो। पहिलो हाफको ४३औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा सर्ज ग्नाब्रीले गोल थप्दै स्कोर २–० बनाए।

दोस्रो हाफमा ४९औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता फराकिलो बनाए। ६७औं मिनेटमा सर्ज ग्नाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको ४–० को जित पक्का गरे।

यस जितसँगै बायर्न म्युनिखले २७ खेलबाट ७० अंक जोड्दै शीर्ष स्थानमा आफ्नो अग्रता अझै बलियो बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको