काठमाडौं। पेरिस सेन्ट जर्मेनले नाइसलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।
खेलमा पीएसजीले सुरुदेखि नै दबाब बनाएको थियो। पहिलो हाफको ४२औं मिनेटमा नुनो मेन्डेसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफमा ४९औं मिनेटमा डिजिरे डुएले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ८१औं मिनेटमा ड्रु फर्नान्डेजले तेस्रो गोल थपे।
८५औं मिनेटमा वारेन जाइरे–एमेरीले गोल गर्दै पीएसजीको शानदार ४–० को जित सुनिश्चित गरे।
खेलको ६१औं मिनेटमा निसका युसुफ एनदायिशिमिए रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली झनै दबाबमा परेको थियो।
यस जितसँगै पीएसजीले २६ खेलबाट ६० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।


