काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ। पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाउँदै एपीएफलाई ३५६ रनको चुनौती दिएको हो।
पुलिसको इनिङ्समा दिनेश खरेलले उत्कृष्ट ६० रनको योगदान दिए भने शंकर रानाले ६१ रन बनाउँदै टोलीलाई मजबुत स्थितिमा पुर्याए। त्यस्तै, आरिफ शेखले ५० रनको अर्धशतक पूरा गर्दा राशिद खानले ४४ रन जोडे। अमित श्रेष्ठले ३९ रन बनाउँदा गुलशन झाले २३ रन थपे।
अन्तिम ओभरतिर दिलसाद अलीले विस्फोटक ब्याटिङ गर्दै अविजित ५१ रन बनाएपछि पुलिसले ठूलो योगफल तयार गर्न सफल भयो। कप्तान आरिफ शेखसहित मध्यक्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दै टोलीलाई उच्च स्कोरतर्फ डो¥याएका थिए।
एपीएफका लागि कमल ऐरी र अमर राउतेलाले समान २–२ विकेट लिए भने नन्दन यादव, रोहित पौडेल र युवराज खत्रीले एक–एक विकेट हात पारे।


