काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेश ४३.२ ओभरमा १६० रनमै अलआउट भएको छ।
नारायणी क्रिकेट मैदान बिरगन्जमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमका लागि अभिषेक पालले ३३ रन बनाउँदै टोलीलाई मध्यम सुरुआत दिलाए। किरण ठगुन्ना र नारायण जोशीले समान २३–२३ रनको योगदान दिए भने अन्तिमतिर अशोक धामी १९ रनमा अविजित रहे। अन्य ब्याटरहरूले राम्रो साझेदारी बनाउन नसक्दा ठूलो स्कोरतर्फ अघि बढ्न सकेन।
अतिरिक्तबाट २८ रन पाएको सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाएको थियो।
बलिङतर्फ अर्निको यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। प्रदीप पासवानले २ विकेट लिँदा रुपेश सिंह, मोहम्मद आदिल आलम, आशिक बैठा र पवन सर्राफले समान १–१ विकेट हात पारे।


